घोराही । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।
घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँ ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुदा करेन्ट लागेको घाेराही १२ का वडाध्यक्ष दाेर्ण बहकरीले जानकारी दिनुभयाे ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।