• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माध्यामिक विद्यालय सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण




दाङ । माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।

पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै आज बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।

Facebook Comments