दाङ । सन् १८३७ मा जोसेफ निसेफोर निप्से र लुइस ड्याग्युर मिलेर बनाएको नयाँ विधिलाई ‘ड्याग्युरटाइप्स्’ भनिन्छ । उक्त विधिका कारण आधुनिक फोटोग्राफीको विकास भएको विश्वास गरिन्छ । फ्रेन्च सरकारले अगस्ट १९ मा ड्याग्युरको आविष्कारलाई मानकका रूपमा घोषणा गरेको र यसले नै आधुनिक फोटोग्राफीलाई धरातल दिएको सम्झनामा विश्व फोटोग्राफी दिवस मनाइन्छ ।
त्यस समयमा आविष्कार गरिएको तरिकामा फोटो खिच्नका लागि प्रयोग गर्नुअघि तामाको पत्रलाई चाँदीको लेप लगाई आयोडिनको बाफको अगाडि राख्ने गरिन्थ्यो । यसरी करिब १५ मिनेटमै फोटो तयार हुने गथ्र्यो । यसअघि निप्सेले खिचेको तस्बिर तयार पार्न करिब ८ घन्टा लागेको थियो ।
सन् १८५० मा इमल्सन प्लेटको आविष्कार भएपछि ड्याग्युरटाइपस्को लोकप्रियता खस्कँदै गयो । ड्याग्युटाइपसको तुलनामा इमल्सन प्लेट सस्तो पर्नुका साथै एक्सपोजर टाइम पनि दुईदेखि तीन सेकेन्डमा झर्यो । गृहयुद्धका बेला खिचिएका अधिकांश फोटोमा वेट प्लेट वा इमल्सन प्लेटको प्रयोग गरिएको थियो ।
यी वेट प्लेट्सले इमल्सन प्रोसेसको प्रयोग गरी फोटो तयार पार्ने गर्थे, जसलाई कोलोडिन प्रोसेस पनि भनिन्छ । यही समयमै क्यामेरामा बेल्लोजको प्रयोग सुरु गरियो, जसकारण क्यामेराको फोकसमा सुधार भयो । यस समयमा सुरु भएका इमल्सन प्लेटमध्ये पनि एम्ब्रियोटाइप र टिन टाइप बढी लोकप्रिय भए । एम्ब्रियोटाइपले तामाको सट्टा ग्लास वा सिसाको प्लेटको प्रयोग गर्थे, जुन ड्याग्युरटाइपस् अन्तर्गत नै पर्थे ।
टिन टाइपमा भने टिनको पाता प्रयोग हुने गथ्र्यो । त्यस समयमा फोटोग्राफरहरूलाई रसायन शास्त्रको यथेष्ट ज्ञान हुनुपर्ने भएकाले धेरैजसो समूहमा हिँड्ने गर्थे, जसकारण डार्करुम प्रोसेस पनि सजिलै र सामूहिक रूपमा हुने गर्थे ।
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मद्दत पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
क्यामेरा कम्पनी
सुरुवाती समयमा फोटोग्राफी भनेको व्यावसायिक व्यक्तित्व र धनाढ्यका लागि मात्रै थियो, तर सन् १८८० को दशकमा जर्ज इस्टम्यानले कोडाक कम्पनीको स्थापना गरेपछि भने यो सबैको पहुँचमा पुग्न सफल भयो ।
इस्टम्यानले विकास गरेको क्यामेरामा एकपटकमा करिब एक सय वटासम्म फोटो खिच्न मिल्ने भयो । ती क्यामेरामा सिंगल लेन्स हुने गर्थे भने फोकसका लागि फोकस रिङ भने थिएन ।
फोटो खिचिसकेपछि जो–कोहीले पनि आफ्नो क्यामेरा कोडाक कम्पनीमा पठाएर रिल धुलाएर फोटो प्रिन्ट गर्न सक्थे । सामान्य मानिसले किन्न सक्ने यो क्यामेरालाई त्यस समयको सस्तो क्यामेराका रूपमा लिने गरिन्थ्यो ।
स्मार्ट क्यामेराको युग
सन् १९७० को अन्त्य र १९८० को सुरुवाती दशकतिर कम्प्याक्ट क्यामेराको विकास भयो । ती क्यामेरामा फोटो खिच्दा फोटोग्राफरले आवश्यक परिवर्तन गर्न सक्थे । ‘पोइन्ट एन्ड सुट’ क्यामेरामा सटर स्पिड, एपरचर र फोकस चलाउन मिल्ने भएपछि फोटोग्राफरहरू आफ्नो विषयवस्तुमा बढी केन्द्रित हुन थाले ।
फोटोग्राफरहरू माझ अटोमेटिक क्यामेराको लोकप्रियता झन्झन् बढ्दै गयो, तर व्यावसायिक फोटोग्राफरले सिंगल लेन्स रिफ्लेक्स ९एसएलआर० क्यामेरा नै प्रयोग गर्थे ।
डिजिटल युगको सुरुवात
सन् १९८० र १९९० को दशकमा क्यामेरा उत्पादक कम्पनीले विद्युतीय माध्यमबाट फोटो खिच्न र स्टोर गर्न सहज बनाइदिए । ‘पोइन्ट एन्ड सुट’ क्यामेराले पहिलोपटक फोटोग्राफी रिलको बदलामा डिजिटल माध्यम प्रयोग गरी फोटो खिच्न सहज बनायो ।
सन् १९९१ सम्म कोडाक कम्पनीले पहिलो डिजिटल क्यामेराको विकास गर्यो, जुन व्यावसायिक फोटोग्राफरबिच लोकप्रिय भयो । डिजिटल क्यामेरा विकासको होडमा क्यानन, निकोन, पेन्टाक्स लगायत अन्य कम्पनीले अझ परिष्कृत र विकसित ‘सिंगल लेन्स रिफ्लेक्स’ अथवा ‘डिजिटल सिंगल लेन्स रिफ्लेक्स’ क्यामेराको विकास गरिसकेका छन् । अझ केही कम्पनीले ‘मिररलेस’ क्यामेरा पनि विकास गरी यसको व्यावसायिक उत्पादन गरिरहेका छन् ।
प्रविधिको विकाससँगै अहिले ‘पोइन्ट एन्ड सुट’ क्यामेराले निप्सेको प्युटर प्लेटभन्दा अझ परिष्कृत र उच्च गुणस्तरको फोटो खिच्न सक्छ । अहिले बजारमा रहेका स्मार्टफोनहरूले पनि उच्च गुणस्तरको फोटो खिच्न सक्छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।