दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३१ औँ स्थापना दिवशको अवसरमा ३१ जनाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा अनिल अधिकारी, चतुरमान चौधरी, किराब राज शर्मा, गगन योगी, मनिश थापा मगर, जतमत चौधरी, दिपक खनाल, राजन परियार, बिबेक चौधरी, समिर भण्डारी, प्रज्वल डिसी, खिमराज चौधरी, रमेश गौतम, समिर भुषाल, हिमाल गोराथोकी, तुलसीराम ओली, छिता खड्का, चिजमाली थकाली, आकाश योगी, पबन योगी, रोशनी खनाल, अनु नेपाली, शिला पुरी, युबराज गौरी, निमा योगी, उर्मिला ओझा, किरण गौतम, शरद महतरा, प्रयुसनाथ योगी, भोला रिजाल, सम्भब बुढाथोकीले रक्तदान गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम, नेपाल महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, जिल्ला अध्यक्ष अनिता पोख्रेल, आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य रावित्रा राना, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतम रेग्मी, रक्त सञ्चार केन्द्रका ठाकुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रले गदै आएका कार्यक्रम तथा परियोजनाका बारेमा परियोजना प्रमुख दिनेश सुवेदीले जानकारी गराउनुभएको थियो । केन्द्रका सचिव शिवा योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण परियोजना प्रमुख दीपा धितालले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।