काठमाडौँ । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।
प्रतियोगिता सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।
यसअघि नेपालले यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।
प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।