• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा छुट्टा-छुट्टै सवारी दुर्घटनामा परी १ जनाको मृत्यु, १ जना घाइते




दाङ । दाङमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको छन्  ।

दंगिशरण गाउँपालिका ५ डाँडाचिस स्थित तुलसीपुर देखि पश्चिमतर्फ जाँदै गरेको लु. प्र. ०२-००१ प ०९४६ नम्बर  को मोटरसाइकल  रोकिएको रा १ त १४२२ नम्बरको ट्याक्टरमा पछाडीबाट ठोक्किन जाँदा मोटर साईकल चालक जिल्ला दाङ दंगिशरण गा.पा. ५ बस्ने बर्ष २५ को सम्राट गिरी घाईते भई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा  अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी  प्रहरी कार्यालयले जनाएको छ ।

साथै ट्याक्टर र ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने बर्ष २९ को ईन्द्र बहादुर डाँगी प्रहरीको  नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान  भईरहेको छ ।

टिप्पर र मोटरसाइकल ठोकिदा १ जना घाइते

यसैगरी घोराही उपमहानगरपालिका- १५ दिपज्योति हस्पिटल नजिक सगरमाथा सिमेन्ट फ्याक्ट्रीबाट घोराही तर्फ आउदै गरेको रा १ ख २२५४ न.को टिप्पर र सोही दिशाबाट आईरहेको  रा १ ब ८८५ नं.को मोटरसाईकल ठोकिदा मोटरसाईकल चालक घोराही दिपशिखा चोक बस्ने बर्ष २८ को शक्ति सिंङ जि.सी . घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका जिसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार पछि थप उपचारका लागी कोहोलपुर कलेज बाँकेमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

टिप्पर  र टिप्पर चालक घोराही उपमहानगरपालिका-१५ भरतपुर बस्ने बर्ष २४ को प्रविन चौधरी प्रहरीको नियन्त्रणमा रहेको । घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

Facebook Comments