दाङ । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनककि श्रीमती अन्दाजी ४० बर्षिय इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजे भएको थियो ।
कुटपिटबाट मृत्यु भएकी इश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
स्थानीयका अनुसार कुमाल दम्पति दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उनिहरुका तीन छोरी एक छोरा छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।