तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठनकाे सहकार्यमा विपद् तथा महामारी बाट हुन सक्ने सम्भावित क्षतिलाई समयमै न्यूनीकरण गर्ने तथा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन आवश्यक ज्ञान, सीप र रणनीतिहरूको विकास गर्ने उदेश्यले साे कार्यशाला गाेष्ठी सम्पन्न गरिएको हाे।
कार्यक्रममा द्रुत प्रतिकार्य समितिका काम कर्तव्य र अधिकार ,विपद जाेखिम तथा महामारीको पहिचान र त्यसको रोकथामका उपाय लगाएतका विषयहरुमा सहभागीहरुलाई जानकारी गराइएकाे थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनप्रतिनिधिहरुले काम गर्नका लागि विभिन्न निति नियम बनाई दिने र कर्मचारीले कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सावधानिपूर्वक काम गर्नु पर्ने बताउनुभयाे।
मानविय स्वस्थ्य सम्बन्धी विपदमा स्वास्थ्यकर्मी नै सबै भन्दा बढी लाग्नु पर्ने बताउदै अध्यक्ष विष्टले महामारी फैलन नदिन समयमतापूर्वक काम गर्न आग्रह गर्नुभयाे।
त्यस्तै द्रुत प्रतिकार्य समिति र टोलीबिच समन्व्य गरेर गाउँपालिकामा आई पर्ने हरेक स्वास्थ्य सम्बन्धी विपद र महामारीमा गम्भिर भएर काम गर्नु पर्नेमा उहाँको जोड रहेको थियो ।
अध्यक्ष विष्टले विपद् आउन नदिनका लागि पहिल्यै सजग हुन आवश्यक रहेको उल्लेख गर्नुभयाे।
जनप्रतिनिधि,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि,स्वास्थ्यकर्मी सहित द्रुत प्रतिकार्य समिति र टोलीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कवर र जिल्ला स्वास्थ्य कार्यालय दाङका द्रुत प्रतिकार्य टाेलीका फाेकल पर्सन कमल चन्दले गर्नु भएको थियो ।
गाेष्ठी राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयाेजक प्रकाश विष्ट प्रकाश विष्टकाे अध्यक्षतामा तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतकाे सञ्चालनमा सम्पन्न भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।