• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी लमहीमा स्वास्थ्य शिविर




लमही । गुरुकुल एकेडेमी लमहीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । निरासिज युथ फाउन्डेसन आयोजना तथा गुरुकुल एकेडेमी लमहीको ब्यबस्थापनमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

निरासिज फाउन्डेसनले गुरुकुल एकेडेमी लमहीका विद्यार्थी तथा लमहीका नागरिकहरुको स्वास्थ्य जाँचको प्रस्तावमा गुरुकुल एकेडेमीले सम्पुर्ण ब्यबस्थापनमा गुरुकुलका तथा अन्य विद्यालयका विद्यार्थी र आम नागरिक गरी करिव ७ सय जनाको स्वास्थ्य शिविर सम्पन्न गरिएको गुरुकुल एकेडेमी लमहीका मार्केटिङ म्यानेजर सुदाशं जिसिले जानकारी दिनुभयो ।

शिक्षासँगै स्वास्थ्य अनि निरोगी समाजको लागि गुरुकुल एकेडेमी लमही र निरासिज फाउन्डेसनले कार्यक्रम गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको विद्यालयका प्रधानाध्यापक सुरज खनालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक खनालले फाउन्डेसनले गुरुकुल एकेडेमी लमहिमा राखेको प्रस्ताव निकै सह्रायिन रहेको भन्दै उक्त कार्यक्रम संचालन गर्न विद्यालय तयार रहेको बताउनुभयो । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलो कुरा भएको भन्दै यस बाहेक विद्यालयका विद्यार्थिहरुको अन्य समयमा पनि स्वास्थ्य परीक्षण गरीएको बताउनुभयो ।

गुरुकुल एकेडेमीसँगको सहकार्यमा नयाँ एजेन्डाका कार्यक्रम आएमा फेरी सहकार्य गर्ने निरासिज फाउन्डेसनले बताएको छ । कार्यक्रममा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रका संघ/संस्थाले गर्नुपर्ने काम विद्यालयले गरेको भन्दै स्वास्थ्य शिविरको शुभकामना समेत दिनुभएको थियो ।

यस्तै लमही नगरपालिका स्वास्थ्य बिभागकी डा. रेजिना अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो भने देउखुरी बैंकर्स , महिला विकास लमही, थारुकल्यानकारी र ओम शान्ति समाज लमही लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो ।

निरासिज फाउन्डेसनको अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा तथा गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण निरासिज फाउन्डेसनकी सिजन केसीले गर्नुभएको थियो ।

Facebook Comments