घोराही । राप्ती शिक्षा क्याम्पस घोराहीमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र दाङको संयुक्त आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमल्सीनाको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमल्सीना लागु औषध दुव्र्यसन भनेको के हो, यसका लक्षणहरु, दुव्र्यसनीमा लाग्नुका कारण, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र दाङका पूर्वअध्यक्ष एवं सल्लाहकार बलदेव योगीले स्वागत र क्याम्पसमा सहायक क्याम्पस प्रमुख गणेश खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक तुलबहादुर बिकले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।