बेलझुण्डी । रुपान्तरण अभियान दाङले तुुलसीपुर उमपहानगरपालिका वडा नं. १८ स्थित श्री शुुभकोटी सामुुदायिक वनमा सामूहिक वृक्षारोपण गरेको छ ।
घोराही सव–डिभिजन वन कार्यालयको सहयोग तथा रुपान्तरण अभियान दाङका आयोजनमा शनिवार शुुभकोटी सामुदायिक वनमा सामूहिक वृक्षारोपण गरिएको हो । रुपान्तण अभियान दाङले उक्त सामुुदायिक वन क्षेत्रमा विभिन्न प्रजातीका करिव एकहजार बोटबिरुवा वितरण गरी रोपण गरेको हो ।
अभियानका संयोजक गिरिराज नेपालीको अध्यक्षता तथा तुुलसीपुुर उपमहानगरपालिका मेयर टीकाराम खड्का प्रमुख आतिथ्यतामा एवं तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वडा सदस्य धनबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले पर्यावरण संरक्षण दायित्वबोध आम नागरिकले गर्नुुभएको बताउनुुभएको थियो । मानविय व्यवहारका कारण प्राकृतिक दोहन र संरक्षण अभावको समस्या र चुनौती देखा पर्दै गइरहेकाले पर्यावरण सरक्षणका लागि सबैले लाग्नुुपर्ने बताउनुुभयो ।
आजको विरुवा रोपन भोलीको वृक्षारोपण भोली सुरक्षित भविष्य रहेकाले भोलीका लागि आज पर्यावरण जोगाउनुुपर्ने दायित्व रहेको उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण अभियानका महासचिव कपिल लामिछाने गर्नुुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।