• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धिमधिमे पर्यटकीय क्षेत्रमा वृहत वृक्षरोपण




कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाकको वडा नम्बर १ र २ को सिमानामा पर्ने धिमधिमे पर्यटकीय स्थलमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । धिमिधिमे पर्यटकीय स्थल संरक्षण समिति, दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्रकृति संरक्षण समूह दाङ लगायतको संयुक्त आयोजनामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

वृक्षरोपण कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाले धिमधिमेलाई प्राकृतिसँग सम्बन्धित पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने योजना रहेको बताउनुभयो । उक्त क्षेत्रसँगै सिंगो बंगलाचुली गाउँपालिका नै पर्यटकीय सम्भावना बोकेकोले सोही अनुसार अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले विरुवा रोप्नु मात्र नभइ यसलाई संरक्षण पनि गर्नुपर्नेमा जोड दिनुभयो ।साथै उहाँले सो स्थानमा आगामी दिनमा आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । बंगलाचुलीमा मुख्य समस्याको रुपमा रहेको सडक अवस्थालाई आफुहरुले नजिकबाटै बुझेको र छिटै वैकल्पिक सडकको व्यवस्था गरी यसको समाधान गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले धिमधिमे पर्यटकीय स्थल दाङको सदरमुकाम घोराहीबाट छोटो दुरीमा पर्ने भएकोले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउनुभयो । यस्तै उहाँले उक्त क्षेत्रलाई सम्बन्धित वडा र सिंगो गाउँपालिकाले पनि संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी  दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीले धिमधिमेसँगै समग्र बंगलाचुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा सिंगो दाङ विकासमा मद्दत पुग्ने बताउनुभयो । बंगलाचुलीमा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सडक संरचनाले असर गरेको र यसको समाधानमा संघ /संस्थासँगै सरोकारवालाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले सडक संरचना राम्रो भएको खण्डमा घोराहीदेखि पनि बसाइ सरेर बंगलाचुलीमा आउने वातावरण तयार हुने उहाँले बताउनुभयो । बंगलाचुलीको विकासको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सधैभरी तत्पर  रहेको समेत उहाँले बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा बंगलाचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडा नम्बर १ का अध्यक्ष विष्णु कवँर, २ का अध्यक्ष मैते पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी, प्रकृति संरक्षण समूह दाङका पदाधिकारी, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्यहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वडा नम्बर १ र २ मा रहेका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त क्षेत्रमा साउन १६ गते पनि वृक्षरोपण गरिएको थियो ।

Facebook Comments