दाङ । नेपाली काँग्रेसको भातृ संगठन अन्तर्गत नेपाल दलित संघ बंगलाचुलीको संगठन बिस्तार भएको छ ।
कमिरेचौरमा भएको भेलाले केदार परिवारको अध्यक्षतामा ११ सदस्यीय समिती बिस्तार गरिएको छ जस्को उपाध्यक्षमा नरबहादुर सुनार सचीवमा जनाका विक, कोषाध्यक्षमा दुर्गी परिवार ।
सदस्यहरुमा रम्मी नेपाल, फनाधार नेपाली, डोम बहादुर बिक, पुनाराम बिक, भोजराज बिक , मुकेश बिक र यमबहादुर बिक रहेका छन् ।
भेलाले ददिराम नेपालीको संयोजकमा मेघराज परिवार र ताम बहादुर परिवार सदस्य रहेको सल्लाहकार समिती चयन गरेको छ ।
अध्यक्ष परिवारले भदौ पहिलो हप्ता सम्म प्रत्येक वडामा पनि समिती बिस्तार गर्ने बताए
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।