घोराही । परियार सेवा समाज दाङको दोस्रो अधिवेशन हुने भएको छ । `परियारहरुको एकता आजको आवश्यकता सम्पूर्ण परियारहरु एक हौं´ भन्ने मूलनारासहित समाजको दोस्रो जिल्ला अधिवेशन यही साउन २६ गते शनिबार घोराहीको पौवा होटलमा हुने भएको हो ।
गत साउन १० गते परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीको अध्यक्षता बसेको बैठकले दोस्रो अधिवेशन गर्ने निर्णय गरेको समाजका जिल्ला सदस्य सन्तोष नेपालीले जानकारी दिए ।
अधिवेशनमा दाङ जिल्लाका १० वटै स्थानीय तहहरुबाट करिब दुई सय ५० जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागी हुने समेत जिल्ला सदस्य नेपालीले बताए ।
साथै अधिवेशनलाई सफल बनाउनका लागि विभिन्न उप-समितिहरु बनाएको समाजले जनाएको छ । कार्यक्रमलाई थप व्यस्थित र प्रभाकारी ढंगले सम्पन्न गर्नका लागि आर्थिक समिति, यातायात समिति, व्यवस्थापन समिति र प्रचारप्रसार समिति बनाएर अधिवेशनको तयारीलाई तीब्र बनाएर अगाडि बढिरहेको समाजले बताएको हो ।
साउन २६ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुने अधिवेशनको उद्घाटन समाजका पाँचौ राष्ट्रिय सम्मेलन तदर्थ समितिका संयोजक डिबी परियारले गर्ने कार्यक्रम तय भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।