लमही । गुरुकुल एकेडेमी लमहीले स्थापनाको सय दिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो एक सय दिनको उत्सव मनाएको हो । उत्सवको अवसरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले बिभिन्न किसिमका नृत्य , गित , ड्रामा तथा बिट बक्सिङ प्रस्तुत गरेका थिए । उत्सवको अवशरमा विद्यार्थीहरुले गुरुकुल एकेडेमी लमहीमा एक सय दिनको अनुभव समेत सुनाएका थिए ।
गुरुकुल एकेडेमी लमही स्थापना पश्चात विद्यालयमा आबद्ध भएका बिद्यार्थिहरुले पढाइसँगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न यो कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो ।
नृत्य क्षेत्रको प्रशिक्षकमा हेमन्त पान्डे रहनुभएको छ भने अन्य गायन , ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहनुभएको छ । विद्यार्थिहरुको शैक्षिक सुधार तथा सर्वाङ्गिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ । जसका कारण विद्यार्थीहरु शिक्षा बाहेक अन्य कृयाकलापमा पनि अब्बल बन्दै गएको छ ।
कार्यक्रमको अवशरमा विद्यालयका प्रधानाध्यापक सुरज खनालले आफ्नो भनाई राख्नुभएको थियो । उहाँले विद्यालयका शिक्षक , कर्मचारी ,संचालक समिति , सेयर होल्डर लगायतको अथक मेहनतपछि आफुहरु सफल बन्दै गएको बताउनुभयो ।
विद्यालयको सफलताको लागि नविनतम प्रबिधि प्रयोग गरेर उच्च क्वालिटिको शिक्षा प्रदान गर्ने र आफ्नो विद्यार्थिहरुको भविष्य सुनिश्चित रहेको हुदा संपुर्ण अभिभावकहरुलाई ढुक्क रहन पनि आग्रह गर्नुभएको थियो । सााथै उहाँले विद्यालयलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद समेत प्रदान गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।