• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको घोराहीमा धान रोपाइँ सुरु (फोटोफिचर)




घोराही ।  नेपाल कम्युनिस्ट पार्टी दाङले घोराहीमा धान रोपाइँ सुरु गरेको छ । पार्टीले शनिबार घोराही-१६ मा रहेको करौटी डाँडामा रहेको साढे तीन बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका इञ्चार्ज सविन सीको अध्यक्षता एवं पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीको विशेष उपस्थितिमा धान रोपाइँ कार्यक्रमको उद्घाटन गरिएको थियो ।

पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीले पार्टीको उत्पादनसम्बन्धी नीति अन्तर्गत आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता बनाउने उद्देश्यले देशभर करिब दुई सय बिघा जमिनमा विभिन्न खालका उत्पादनका कार्यक्रमहरु गरेको बताए । उनले पार्टीका नेताकार्यकर्ताहरुलाई उत्पादनमा जोडिनका लागि पार्टीले हरेक वर्षको असार १० गतेदेखि ३० गतेसम्म बिदा दिने गरेको भन्दै यो वर्ष कतै छिटो र कतै ढिलो वर्षा भएको हुँदा उत्पादनका कार्यक्रमहरु कतै अघि र पछि भएको जानकारी दिए । ` यो उत्पादन केबल हामीले आफूलाई आत्मनिर्भर बनाउनु मात्र होइन´ उनले भने ` यसको दुर्गामी महत्त्व छ । यसको दुर्गामी दृष्टिकोण छ । हामीले पहिलो कुरा त आफूलाई र पार्टीलाई आत्मनिर्भर बनाउने हो र दोस्रो कुरा पार्टी र हामी आत्मनिर्भर भयौं भने हामीले कुनैपनि पूँजीपति वर्गकोअगाडि हात पसार्नु पर्दैन् ।´

पार्टीलाई दलाल परिनतबाट जोगाउन र क्रान्तिलाई जोगाउनका लागि पार्टीले उत्पादनको नीति लिएको र त्यही नीतिले नै अन्तमा पार्टीको क्रान्ति सम्पन्न गर्ने पार्टीको ठहर रहेको इञ्चार्ज सन्तोषको भनाइ छ । यो उत्पादन नीतिलाई पार्टीले क्रान्तिको मूल नीतिमै राखेको र देशमा संसदीय दलाल व्यवस्थालाई फालेर देशलाई समाजवादी क्रान्ति रुपान्तरण गर्ने समेत उनको जोड थियो ।

त्यस्तै पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सीले धान रोपाइँ कार्यक्रममा सहभागी भएका सम्पूर्ण नेताकार्यकर्ताहरुलाई धन्यवाद दिँदै पार्टीले घोराही, तुलसीपुर र देउखुरी गरि तीन क्षेत्रमा उत्पादनको कार्यलाई अगाडि बढाएको बताए । उनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर देश र आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्यसहित सिंगो पार्टी उत्पादन कार्यमा जोडिएको स्पष्ट पारे । पार्टीले लिएको उत्पादनको नीति अनुसार घोराहीमा तीन बिघा क्षेत्रफलमा धान रोपाइँ हुन लागेको र करिब तीन सय फलफूल जन्य बिरुवा रोपेको समेत इञ्चार्ज सविनको भनाइ छ ।त्यसैगरी पार्टीका दाङ जिल्ला सेक्रेटरी तीलक सीले पार्टीले जिल्लाका विभिन्न ठाउँमा मौसमी उत्पादन गर्दै आइरहेको बताए । उनले मौसमी उत्पादनको तरिकालाई दीर्घकालीन बनाउनका लागि पार्टीले सहकारी तथा कृषि फर्म सञ्चालन गरेको कुरामा जोड दिए । हामीले मूलतः पार्टीको नीति श्रम, उत्पादन र आत्मनिर्भरता विशेष जोड दिएर उत्पादनसम्बधीका कार्यलाई निरन्तर रुपमा अगाडि बढाइरहेको उनको भनाइ छ ।

पार्टीले घोराही-१६ गुरुवागाउँमा रहेको जयशेयर माविको ६ बिघा जमिन १० वर्षका लागि लिजमा लिएर गतवर्ष देखिनै निरन्तर रुपमा मौसमी तथा बेमौसमी खेती गर्दै आइरहेको छ ।

धान रोपाइँ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, जनवर्गीय संगठन र स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।

सभामुख घर्तीलाई स्वागत
त्यस्तै पार्टीको उत्पादन केन्द्र अवलोकन गर्न आएका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पार्टीले स्वागत गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज सविन सीसीलगायले सी बहुउद्देश्यीय तथा कृषि पशुपंक्षी फर्म अवलोकन गर्न आएका सभामुख घर्ती फूलको माला र गुच्छाले स्वागत गरेका थिए ।

Facebook Comments