घोराही । मोहन बैद्य (किरण) निकट नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) अन्तरगत उद्योग तथा व्यापार संगठन लुम्बिनी प्रदेशका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य बिष्णु प्रसाद रिजाल र घोराही उपमहानगरपालिका १३ निवासी शनि विश्वकर्मा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस दाङको पार्टी कार्यालयमा बिहिवार एक कार्यक्रम नेपाली कांग्रेस दाङका सभापति शकर प्रसाद डाँगी लगायतले नेताहरुले पार्टीको सदस्यता प्रदान गर्दै अबिर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै सभापति डाँगीले पार्टीमा लगनशील र इमानदारीसाथ लाग्न आग्रह गरे। यसमा नयाँ र पुरानाबीच विभेद नहुुने बताउँदै सबै कार्यकर्ता पार्टीका लागि बराबर भएको उनले बताए।
पार्टी प्रवेश गरेका रिजाल र विश्वकर्माले सबै पार्टीको अवस्था बुझेर कांग्रेस नै ठीक लागेपछि उक्त पार्टीमा प्रवेश गरेको बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।