दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा आएको छ ।
अप्रेसन गर्ने बिरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुइ वटा ओटि सञ्चालनमा ल्याईएको उपकुलपति डा. विकास लामीछानेले बताउनुभयो ।
त्यस्तै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटिरुम थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि विरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अवदेखी हट्दै जाने विश्वास ब्यक्त गर्नुभयो । यसैगरेर प्रतिष्ठानका ओटि इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटिवाट सुरु गरेको अप्रेसन सेवा अव ६ वटा ओटी भएसंगै सेवालाई ब्यवस्थित गर्नमा थप सहजता मिलेको बताउनुभयो । दैनिक २५ वटा बढि अप्रेसन हुँने गरेको जानकारी दिदैँ उहाँले अप्रेसन गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गएकाले ओटि विस्तारमा जोड दिईएको बताउनुभयो ।
प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटी सञ्चालनमा आएसंगै चिकित्सक र नर्शसहीतको स्वास्थ्यकर्मी जनशक्ति ब्यवस्थापन भइसकेको बताउदै थोरै ओटी हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अवदेखी त्यो नहुँने विचार ब्यक्त गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।