दाङ । राप्ती इन्जिनियरीङ कलेज दाङमा व्याचुलर तर्फ विई सिभिल नवौँ व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई घोराही १५ मा रहेको होटल पौवामा विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उप–महानगरपालिकाका योजना महाशाखा प्रमुख सिनियर डिभिजन इञ्जिनियर ई. युवराज पौडेलले मुलुकमा इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा नीजि क्षेत्रमा स्थापित कलेजको अहम भुमिका रहेको बताएका छन् । प्रमुख अतिथि पौडेलले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सीपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गर्नुभएको थियो ।
‘हामीलाई दक्ष जनशाक्ति चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाई अव गाउबस्तीसम्म लैजान आवश्यक छ’, विदाई कार्यक्रममा प्रमुख अतिथि पौडेलले बताउनुभएको थियो । ई. पौडेलले विद्यार्थी जीवनमा सिकेका विभिन्न किसिमका ज्ञानहरुको सहि सदुयोग गरी राष्ट्रको हितमा काम गर्न आग्रह गर्नु भएको थियो ।
त्यस्तै राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले ‘यस राप्ती इञ्जिनियरिङ कलेजका उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक दक्ष जनशक्ति राप्तीकै उत्पादनले थेगेको बताउनु भएको थियो । कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउदै प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गरे ।
डा. गिरीले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि प्रयोग गरी रोजगारी सृजना गर्नमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो । डा. गिरीले शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इञ्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले कलेज विश्वविद्यालय, समाज र राष्ट्र भावना अनुरुप काम गर्न आग्रह गर्नभएको थियो ।
राप्ती इञ्जिनियरीङ कलेजका प्रिन्सिपल रेशम गिरीले धन्यवाद मन्तव्य दिँदै हाम्रा कलेजका उत्पदानहरु क्रमिक रुपमा फैलिलिने क्रममा रहेकोले विदाई भई जान लागेका विद्यार्थीहरुलाई विभिन्न किसिमका मापदण्डहरुलाई ख्याल गरी कुनै पनि कार्य गर्न आग्रह गर्नुभएको थियो । साथै कार्यक्रममा प्रमुख अतिथिको, अतिथि, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका केन्दिय सदस्य शरद अधिकारीले मुलुकमा इञ्जिनियरिङ शिक्षाको माध्यमबाट कार्य सञ्चालन गर्नमा सहयोगी भुमिका निर्वाह गरेको बताएका छन् । अधिकारीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सिपको सहि ठाउँमा प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गर्नुभएको थियो ।
विद्यार्थीहरु श्रमबजारको माग अनुसार कार्य गरी अनुसाशन पूर्वक सबैको मन जित्नुपर्ने, कुनै पनि कार्यमा निरन्तर रुपमा लाग्नु पर्ने, कुनै पनि कार्य सञ्चालनको क्रममा आत्मसम्मानका सहि प्रविधिको प्रयोग गरी सबै जना आत्मियताको भावना कायम गर्न आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख वावुराम जोशी, विसिए विभागिय प्रमुख विश्वबन्धु थापा, विई सिभिल छैठौँ सेमेष्टरका विवेक सुनारले शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा विई सिभिल आठौँ सेमेष्टरबाट विदाई भएर जान लागेका ऋचा बुढाथोकीले विदाई मन्तव्य दिनु भएको थियो ।
विजय विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विई सिभिल छैठौँ सेमेष्टरका शक्तिसिंह रोकायले गर्नु भएको थियो । सो अवसरमा विई सिभिल र विसिए छैठौँ सेमेष्टरका विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।