• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलले मनायो आदिकवि भानुभक्तको २११औं जन्मजयन्ती




घोराही । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको  २११औं जन्मजयन्ती मनाएको हो ।

शनिबारको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा बिभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउँदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप मनाएको हो । हरेक वर्ष भानुजयन्तीमा राष्ट्रिय विभूति भानुभक्तको तस्विरमा टिका तथा माल्यार्पण लगायत बिभिन्न गतिबिधि गरी मनाउदै आएको छ ।

१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । उनको बुवाको नाम जन्म धनञ्जय आचार्य र आमाको नाम धर्मावतीदेवी हो। पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । भानुभक्तको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएको र उँहाको जन्मजयन्तीको निकै महत्वका साथै मनाउदै आएको नेपाली विषयका साहित्यकार तथा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले बताउनुभयो ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको जन्मजयन्ती कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आचार्यको तस्विरमा टिका तथा माल्यार्पण गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मेघनाथ खड्काले गर्नुभएको थियो ।

Facebook Comments