• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किसानलाई मध्यनजर गर्दै सुर्पालमा हाटबजार सञ्चालमा




कमल खड्का
होलेरी । रोल्पाको सुर्पालमा समेत शनिबारदेखि हाटबजार संचालनमा आएको छ । रुन्टीगढी गाउँपालिकाको वडा नं. ४,३,२,र १ का किसानलाई मध्यनजर गर्दै हाटबजार सञ्चालनमा ल्याइएको हो ।

गत वर्षबाट रोल्पाको होलेरीमा सञ्चालनमा ल्याइएको हाटबजार सफल भएपछि यस वर्ष सुर्पालमापनि सुरु गरिएको छ । रुन्टीगढी गाउँपालिका, रुडास नेपाल र  गोल परियोजना लगायत बिभिन्न गैर सरकारी संघ/संस्थाको सहकार्यमा हाटबजार सञ्चालन गरिएको हो ।

शनिबारबाट सुरु भएको हाटबजार प्रत्येक हप्ताको बुधबार र शनिबार दुई दिन लाग्ने भएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनद्वारा कृषि उपजको तौल गरी हाटबजारको उद्घाटन गरिएको हो ।

Facebook Comments