चितवन । अविरल वर्षाका पहिरोमा परी त्रिशुली नदीमा परेर दुईवटा बस वेपत्ता भएका छन् ।
एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ।
तीन जना सकुशल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेशराज रिजालले बताए। उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाइ भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा पर्छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख भावेश रिमाल घटनास्थल पुगेका छन्। ‘ हामी घटनास्थल जाँदैछौ। पानी परेकोले उद्धारमा कठिनाइ भएको कुरा आएको छ , ’ प्रजिअ यादवले बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।