• ७ पुष २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीका- ३  वडाहरु एकैसाथ शून्य होम डेलीभरी वडा घोषणा




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाका ३ वटा वडाहरुलाई एकैसाथ शून्य होम डेलीभरी वडा घोषणा गरिएको छ।

शनिबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा एक कार्यक्रमकाे आयोजना गरि वडा नम्बर ४,७ र ८ लाई शून्य होम डेलीभरी अर्थात् संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरिएको हाे।

चालु आर्थिक वर्षमा उक्त वडाका ३ सय ५९ जना गर्भवती महिलाहरु मध्ये सबेैले स्वास्थ्य संस्थामै सुत्केरी गराएका पछि शून्य होम डेलीभरी वडा घाेषणा गरिएको हाे।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण राउतले उक्त वडामा सञ्चालित आधारभूत स्वास्थ्य इकाईहरुलाई शून्य होम डेलीभरी वडाको प्रमाणपत्र प्रदान गर्नुभयाे।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सीताराम चाैधरीकाे अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले परम्परागत रूपमा घरमै सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो रुपमा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने बताउनुभयो ।

पालिकाकाे स्वास्थ्य क्षेत्रले विगतका वर्षहरु देखि नै जिल्लामै लगातार उत्कृष्ट कार्य गरिरहेकाे बताउदै उपाध्यक्ष चाैधरीले यस कार्यमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाहरुलाई धन्यवाद समेत दिनुभयाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले आगामी दिनमा पालिकालाई नै शून्य होम डेलीभरी पालिका घाेषणा गर्ने लक्ष्य रहेकाले सबै पक्ष थप समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिलाहरु जानकार बनेपछि उनीहरू सुत्केरी हुन स्वास्थ्यचौकीमै पुग्न थालेकाे स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताउनुभयो ।

त्यस्तै उहाँले महिलाले स्वस्थ्य संस्थामै नियमित स्वास्थ्य जाँच गर्ने र प्रसूति सेवा लिने भएकाले मातृशिशु मृत्युदर समेत घटेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरी,स्वास्थ्य शाखा सह-संयाेजक तथा सिनियर अनमि निरीक्षक भारती सन्यासी,भालुबाङ स्वास्थ्य चाैकीका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,सिअहेब अधिकृत धन बहादुर बुढा क्षेत्री,जनस्वास्थ्य निरीक्षक पाेषणराज शर्मा,स्वास्थ्य इकाईका प्रमुख,महिला स्वयंसेवीका,आमा समूहरु लगायतको सहभागीता रहेको थियो ।

यस अघि नै गाउँपालिकाकाे वडा नम्बर ६ लाई लुम्बिनी प्रदेशकै पहिलो वडाको रुपमा शून्य होम डेलीभरी वडा घाेषणा गरिसकिएको छ।

Facebook Comments