• ११ पुष २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्यसमिति गठन




घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको भेलाले क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन गरिएको छ ।

भेलाले क्लवको अध्यक्षतामा विवेक सुनारलाई चयन गरेको छ । जसको उपाध्यक्षमा प्रतिभा गौतम सचिवमा दिपेश मल्ल सह सचिव गीता के.सी, कोषाध्यक्ष श्रीराम चौधरी सदस्यहरुमा मोहन भण्डारी, हेमन्त बस्नेत, बिजय विष्ट,सुकदेव चौधरी, रेनु चौधरी,जोतेन्द्र यादव ,संन्जय चौधरी रोनिशा खड्का ,नविन भण्डारी, सन्तोष गिरी, प्रजिता गिरी ,ज्योति शर्मा, रमेश शर्मा, नगेन्द्र महतरा, भीमार्जुन पौडेल, मोहन उपाध्याय बेविका लम्सा, सुशान्त पाण्डे्, कमल के.सी, दिलिप पौडयल र शेखर थारु रहेका छन् ।

भेलाले क्लवको सचिवाल समेत गठन गरेको छ र सचिवालयमा विवेक सुनार, प्रतिभा गौतम, दिपेश मल्ल, गीता के.सी , श्रीराम चौधरी, सुशान्त पाण्डे , सुकदेव चौधरी, विजय विष्ट, नगेन्द्र महतरा, हेमन्त बस्नेत र वेविका लम्साल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कलेज सचालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीले क्वालिटी सर्कले गर्नु पर्ने कार्यहरुको बारेमा बताउदै क्वालिटी सर्कलको माध्यामबाट विद्यार्थीहरुको शैक्षिक अभिवृद्धी गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलेज व्यवस्गापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीकाले क्वालिटी सर्कलको मुख्य उद्देश्य भनेको शैक्षिक गुणस्तर अभिवृद्धी गर्ने र विद्यार्थीको कार्यक्षमता बढाउने र विद्यार्थीहरु समुह समुह बनाएर शैक्षिक क्रियाकलापहरुलाई अगाडि बढाउने रहेको बताउनुभयो ।

मधुसुदन बैधको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्रशासकिय प्रमुख धनेश्वर चौधरीले गर्नुभएको भने भेलामा कलेज सम्पूर्ण कार्यक्रमका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments