घोराही । दाङकी एक विद्यार्थी नेताले आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला जिल्लाको घोराही उपमहानगरपालिका एक विद्यार्थी नेताले भने आफ्नो जन्मोत्सवमा श्री प्राथमिक विद्यालय घोराही -१६ सानी अम्बापुर दाङ्का बालबालिकालाई शैक्षिक सामग्री बाँडेकी छिन।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ निवासी अनेरास्ववियू का केन्द्रीय सदस्य दाङ महिला जेसीजकी तालिम निर्देशक एवं स्वास्थकर्मी भिमा डिसीले आफ्नो जन्मदिनको अवसरमा उक्त बिद्यालयमा अध्ययनरत बालबालिकालार्ई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको डिसीले बताइन् ।
विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थी बालबालिकालाई उनले कापी, कलम र बिस्कुट र स्कुललाई भलिबल, फुटबल हस्तान्तरण गरेकी हुन् । आफुले सामाजिक सेवाको भावना राख्दै आफ्नो जन्मदिनमा हरेक बर्ष जस्तै यस पनि विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेको नेता डिसीले बताइन् ।
पछिल्लो समय जन्मदिन लगायतका शुभोत्सवमा हुने फजुल खर्च कटौती गरी सामाजिक काममा लगाउन सके समाज र राष्ट्रको विकासमा टेवा पुग्ने सामग्री हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले बताइन् ।
दाङ महिला जेसीजका अध्यक्ष जुनु मगर , कोषाध्यक्ष डिलु मल्ल पत्रकार छबि पुरी उक्त विद्यालयका प्र.अ. गुरु प्रसाद डिसी लगायतले शुभकामना दिएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।