• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अविरल वर्षाले विद्यालयको पर्खाल भत्कियो




रोल्पा । मंगलबार परेको अबिरल वर्षाले रुन्टीगढी गाउँपालिकाको महेन्द्र मावि होलेरीको पर्खाल भत्किएको छ । करिब छ महिना लगाएर बनाएको पर्खालको एक छेउ पुरै भत्किएको छ भने बाँकी भाग पनि चर्किएको छ ।

मंगलबार विद्यालय छुट्टी भएपछि करिब साझ ६ बजेतिर परेको अबिरल वर्षाले विद्यालय भवन अगाडी लगाइएको पर्खाल भत्किएको हो ।

एक छेउको पर्खाल भत्किएको र बाँकी पर्खाल चर्किएकोले बुधबार विद्यालय बन्द गरिएको विद्यालय सूचना अधिकारी सुशील सुबेदीले जानकारी दिए । विद्यालय विदा भएको समयमा पर्खाल भत्किएकोले मानबिय क्षेति भने नभएको उनले बताए ।

असार २१ गतेबाट हुने पहिलो परीक्षामा समेत चर्किएको पर्खाल अगाडी कोठामा राखेर परीक्षा गराउन जोखिम हुने हुँदा ती कोठा खाली गरि अन्य कोठामा परीक्षा गराउने तयारी गरि रहेको समेत उनले जानकारी दिए ।

विद्यालयको नयाँ भवन निर्माण भएपछि पुरानो भवन भत्काएको ढुङगालाई व्यबस्थापन गरि विद्यार्थीहरुलाई खेल्न हिड्न सहज बनाउने उदेश्यले पर्खाल लगाईएको थियो ।

पक्की पर्खाल लगाउन प्रयाप्त बजेट नहुँदा विद्यालयमा जम्मा भएको थोरै बजेटबाट ढुङगाको मात्र सुख्खा पर्खाल लगएको विद्यालय प्रअ बेद बहादुर सुर्यवंशीले जानकारी दिए । पर्खाल भत्किएर क्षेतिमात्र भएको छ तर अन्य भवनहरु भने सुरक्षित नै रहेका उनले बताए ।

Facebook Comments