• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवनिर्मित विद्यालय भवनको अध्यक्ष विष्टद्वारा उद्घाटन 




तुल बहादुर कवँर मगर 

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं.६ पत्थरगढवामा रहेको ज्ञानाेदय माध्यमिक विद्यालयकाे नवनिर्मित ६ काेठे पक्की भवनकाे बुधबार उद्घाटन गरिएको छ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे।

भवन उद्वाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले  शैक्षिक गुणस्तर कायम गर्न भाैतिक पूर्वाधारकाे महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले शिक्षा नि:शुल्क सँगसँगै गुणस्तरीय र व्यावहारिक हुनु पर्ने कुरामा जाेड दिदै त्यसको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै संस्थाकाे प्रशंसा गर्नुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले शैक्षिक क्षेत्रकाे सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकहरुकाे त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष भिम बहादुर चाैधरीले भवन निर्माण कार्यकाे खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कार्यकारी निर्देशक दिनेशराज सापकोटा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो।

शिक्षक अभिभावक संघकी संयाेजक सर्मिला चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नं.६ का कार्यवाहक वडा अध्यक्ष गीता कुमारी चाैधरी,शिक्षा शाखा प्रमुख विश्वास विक,क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालका कार्यकारी निर्देशक दिनेशराज सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयकी शिक्षिका बसन्ती चाैधरीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हर्क बहादुर  चाैधरीले गर्नु भएको थियो ।

Facebook Comments