खुमबहादुर सुनार
लिवाङ । रोल्पाको लुङ्ग्री गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुङ्ग्री वडा नं. ४ मा रहेको नम्जामा गठित रहेको हरियालि महिला समुहलाई एक कार्यक्रमका बिच प्रजनन् योग्य बाख्राका पाठिहरु उपहार स्वरूप वितरण गरिएको हेफर प्रोजेक्ट नेपालका फाईनान्स अफिसर गणेशमान खड्का जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ भन्र्ने मुल नाराका साथ लुङ्ग्री गाउपालिका मा २०७९ साल माघ देखि २९ महिना को लागि कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा यूवा उद्यमशिलता साझेदारि परियोजना सञ्चालन भई रहेको छ समेत खड्काले बताउनुभएको थियो ।
उक्त परियोजनाले गत आ.व मा जम्मा ८० वटा माउँ बाख्रा वितरण गरेको मा वडा नम्बर ४ को नम्जा मा १४ वटा बाख्रा वितरण गरेको थियो । उक्त १४ वटा माउँ मध्ये ६ वटा माउँ बाट जन्मेको ६ वटा पाठा पाठिहरु पालन गरे पछि केही अार्थिक उत्पादन हुने उदेश्यले वितरण गरिएको अायाेजकले बताएको छ ।
यसैगरि साना किसान को आयआर्जन बृद्धि का लागि आबश्यकता का आधारमा परियोजना बाट बाख्रा बितरण गरीएको थियो भने बिउ पुजि आफुले राखि उत्पादन भएको आफुले पाएको बराबर अरुलाई पनि होस भन्ने भावना का यो उपहार कार्यक्रम राखिएको परियोजनाका प्रविधिक गिरबहादुर खड्काले बताउनुभएको थियो ।
त्यसै गरी गत आवमा वितरण गरिएका माउबाट जन्मेका अन्य समुह तथा वडा मा ३० वटा उपहारका लागि तयारी अवस्था रहेको पनि उहाँले जानकारी दिनु भयो ।
बाख्रा वितरण कार्यक्रमाका प्रमुख अथिति लुङ्ग्री गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी गुरूङले हेफर प्रोजेक्ट नेपालले महिलाहरूलाई कसरी उद्यमी र उत्पादनमूलक क्षमता वृद्धि गर्नु सँगसँगै केही नयाँ कुरा सिक्न सकिने समेत बताउनुभएको थियो ।
उहाँले हरेक क्षेत्रमा अगाडि जानकाे लागि आर्थिक नै रहेकाे लागि महिलाहरूले विगतमा कृषि तथा पशु पालन गर्नुभएको तर नयाँ तरिकाले गर्न केही अप्ठ्यारो भए ता पनि गर्दै जादा सहज हुदै जान्छ समेत गुरूङकाे भनाइ रहेको थियो ।
उपहार वितरण कार्यक्रमका अतिथिहरू लुङ्ग्री गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष विरवल खड्का , लुङ्ग्री गाउँपालिका पशु शाखाका प्रमुख निशा श्रेष्ठ, लुङ्ग्री गाउँपालिका पशु प्राविधिक दिल बहादुर के.सी, कृषि प्राविधिक राम बहादुर के.सी, परियोजना हेफर प्रोजेक्ट नेपालको लुङ्ग्री गाउँपालिका संयोजक प्रशान्त पाण्डे, फाईनान्स अफिसर गणेशमान खड्का, प्राविधिक संयोजक गिर बहादुर खड्का, सामुदायिक सहजकर्ता झपेन्द्र खड्का लगाएत विभिन्न आमा समुहका अध्यक्ष तथा प्रतिनिधिहरू , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू , समाजसेवी , जनप्रतिनिधि , पुर्व वडा सदस्यहरू , समाजसेवी ,बुद्धिजीवी पत्रकार , शिक्षक लगायतकाे उपस्थिति हेफर प्रोजेक्ट नेपाल लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको थियो ।
हरियाली महिला समुहका अध्यक्ष बालकुमारी विष्टकाे अध्यक्ष्ातामा भएको कार्यक्रमकाे स्वागत मन्तव्य यसै समुहको काेषाध्यक्ष्य खुमा राेकाले गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन सामुदायिक सहजकर्ता झपेन्द् खड्का गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।