कृष्णअधिकारी
दाङ । दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसीसी तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा शान्तिनगर ७ खैरेनीमा रहेको मिड वेस्ट प्वाइन्वट एकेडेमीमा कार्यक्रम भएको हो । नि:शुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेे उदेश्यले तालिमको आयाेजना गरिएको जनाइएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्तिले बिधार्थीहरुकाे उज्वल भविष्यको कामन गर्नुभएको थियाे ।
तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ । तालिमका लागि १८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना छनोट भएका छन् । तालिमको अवधि शनिबारदेखि आगामी मंसिरसम्म रहने छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गर्नुभएको थियो । यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उत्तीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।