दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा ९एस्इई० मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।
३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने १६ जना विद्यार्थीहरुलाई जनही ११ हजार रुपैयाँका दरले विद्यार्थी प्रोत्साहन पुरस्कार बितरण गरिएको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि विद्यालय सञ्चालक समितिको निर्णय अनुसार ३ दशमलव ६० भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई ११ हजारका दरले र ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिको लगानी रहेको ज्योतिपुञ्ज मोडेल स्कुल रामपुरबाट कक्षा ८ को परीक्षामा ३ दशमलव ६० जिपिए भन्दा बढी ल्याउने २ जना विद्यार्थीहरुलाई जनही ५ हजार १ सयका दरले नगद पुरस्कार प्रदान गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए।
शैक्षिक वर्ष–२०८१ को एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ लाख ५१ हजार रुपैयाका दरले प्रोत्साहन पुरस्कार दिने निर्णय भएको प्रवन्ध निर्देशक शर्माले बताए । हिजो सार्वजनिक एसइई परीक्षामा ज्योतिपुञ्जका १६ जना विद्यार्थीहरुले ३ दशमलव ६१ देखि ३ दशमलव ९२ जिपिए, २१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६ जिपिए र १४ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जिपिए ल्याएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवब प्रालिका अध्यक्ष हेमराज शर्मा प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरका प्रिन्सिपल शिव भण्डारी, एसइई परीक्षामा विद्यालयबाट सबैभन्दा धेरै जिपिए ल्याउने साजवी ढकाल लगायतकाले परीक्षामा सफल हुने विद्यार्थीलाई शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा एस्सइई परीक्षामा पास हुने विद्यार्थीहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो विषयमा सवै भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरुलाई विषय शिक्षकले आफ्नो तर्फबाट नगद पुरस्कार प्रदान गरेका थिए।
अन्तरविद्यालय हाजिरीजवाफ ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रथम
अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रथम भएको छ । लक्ष्मीपुर युवा क्लवको आयोजनामा आधारभूत तह स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा नवचेतना शैक्षिक बोर्डिङ स्कुल द्वितीय र बालकुञ्ज इङ्लिस बोर्डिङ तृतीय भएका थिए । प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।