घोराही। दाङको बंगलाचुली गाउँपालिकामा यस वर्षको एसइई परीक्षाको नतिजा निराशाजन रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०८० सालको एसइई परीक्षामा बंगलाचुली गाउँपालिकाबाट ४.१९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
बंगलाचुली गाउँपालिका शिक्षा शाखाको प्रमुख ओम केसीको अनुसार पालिकाबाट यस वर्षको एसइई परीक्षामा कूल ३ सय ३४ परीक्षार्थी सहभागी भएका थिए । ती विद्यार्थीमध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् ।
परीक्षामा भाग लिएका ६० विद्यार्थी ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन् । यो भनेको कूल विद्यार्थीको १७.९६ प्रतिशत हो ।
मावि स्युजाबाट ४७ जना विद्यार्थीमध्ये २ जना, मावि श्रीवारीमा ५८ जना विद्यार्थीमध्ये ४ जना उत्तीर्ण भएका छन् । त्यस्तै मावि झेल्नेटामा ९६ जना विद्यार्थीमध्ये ६ जना, मावि. मुलवारी ५३ जना विद्यार्थीमध्ये २ जना उत्तीर्ण भएका छन भने मावि हासिपुरबाट ३१ जना र मावि जवरकोटमा ४९ जना सहभागी सबै अनुत्तीर्ण रहेको शिक्षा शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।