श्रवण कुमार यादव
देउखुरी। लमही जेसीजले नेपाल जेसीजद्वारा प्रदान गरिने एक सय प्रतिशत इफिसेन्सी अवार्ड (कार्यक्षमता पुरस्कार) प्राप्त गरेको छ।
अध्यक्ष जेसी मुकेश चौधरीको नेतृत्वमा लमही जेसीजले अप्रिल र मे महिनामा नेपाल जेसिजले गरेको परिपत्र अनुरुप सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको भन्दै अवार्ड प्रदान गरिएको हो।
२०२४ का अध्यक्ष जेसी मुकेश चौधरीले यस उपलब्धि बाफत कार्यसमिति, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, शुभचिन्तकहरू, र सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेका छन्।
यो अवार्डले लमही नगर जेसिजलाई थप हौसला थपेको उनको भनाई छ । जेसिज युवाहरुको संस्था भएकाले समाज सुधारकालागि सचेतनामुलक कार्यक्रमदेखि अन्य कार्यक्रमहरु पनि गर्दै आएको उनले बताए ।
अध्यक्ष चौधरीले यो सफलताले लमही जेसीजको आत्मविश्वासलाई बलियो बनाएको छ र आगामी दिनमा पनि अझ प्रभावकारी कार्यहरू गरी यसलाई निरन्तरता दिने प्रतिबद्धता रहेको जनाएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।