• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा क्रमागत योजनामा बजेट नपर्नु दुःखद् : उपाध्यक्ष जिसी




घोराही । दाङको बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर  जिसीले बंगलाचुलीमा निर्माणधिन अति महत्वपूर्ण क्रमागत योजनाहरुमा बजेट नपर्नु दुःखद् भएको बताएका छन्  ।

उनले हालै लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा बंगलाचुलीमा निर्माणाधिन क्रमागत योजनाहरुमा बजेट  नपर्नु दुःखद् भएको बताएका हुन् ।

पालिका उपाध्यक्ष जिसीले  गाउँपालिका अन्तर्गत पर्ने जौलेबाद-ओखलढुंगी –  बाक्सिपाखा-सुकाखोला  उद्योग  पहुच मार्ग वडा नं. ४ , बैकल्पिक सडक जुम्लेपानी  -पुरुङ छेडा -टाकुरा -सिस्नेखोला(पेदि) वडा नं. २ र मुर्कुटी -अमलाबास -घरिचौर सडकमा हालसम्म लाखौ रकम खर्च गरिसकेपछि निर्माण सम्पन्न हुने  अन्तिमचरण रहेको योजनामा  रकम बिनियोजन नगरी अलपत्र पारेको भन्दै लुम्बिनी प्रदेश सरकारप्रति खेद प्रकट समेत गरेका छन् ।

साथै उपाध्यक्ष जिसीले बंगलाचुलीमा निर्माणाधीन क्रमागत योजनालाई समयमै काम सम्पन्न गर्नका लागि ती योजनाहरुमा बजेट ब्यबस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् ।

Facebook Comments