दाङ । दाङको बंगलाचुली गाउँपालिकाको सामाजिक बिकास समितिको संयोजकमा गणेश विश्वकर्मा चयन भएको छन्
स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५, ६६ र ६७ बमोजिम प्रत्येक स्थानिय तहमा विभिन्न विषयगत समिति गठन गर्ने व्यवस्था अनुसार असार गते ६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले विश्वकर्मालाई सामाजिक बिकास समितिको संयोजकमा चयन गरिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सिराम पुनले जानकारी दिनु भयो।
विषयगत समितिहरुलाई स्थानिय सरकारको मन्त्रालयको रूपमा समेत लिने गरिन्छ। यस अघि पालिकाको सामाजीक बिकास समितिको संयोजक बंगलाचुली गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष डोम बहादुर केसी रहनुभएको थियो।
संयोजक विश्वकर्मा बंगलाचुली गाउँपालिका वडा नम्बर १ निवासी हुन भने कार्यपालिका सदस्य समेत रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।