• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरको नीति कार्यक्रम पारित, ९ गते बजेट प्रस्तुत हुने




घोराही । घोराही उपमहानगरपालिकाको नगर सभाको १५ औँ अधिबेशनमा पेश भएको आगामी आर्थिक बर्ष २०८१/८२ नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

यही असार २ गते नगर प्रमुख नरुलाल चौधरीले सभामा पेश गर्नुभएको ३३ पृष्ठको नीति कार्यक्रममा असार ४ गते नगरसभा सदस्यहरुको सुझाब लिई व्यापक छलफल गर्दै नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । समय र नागरिकहरुको माग तथा चाहना अनुसारको कार्यक्रमहरु ल्याउनका लागि सोही प्रकारले नीति अख्तीयार गर्नुपर्ने सुझाब आएको छ ।

नगरसभा सदस्यहरुले दिएको सुझाब र टिप्पणिमा नगर प्रमुखले जवाफ दिनुभयो । नगरसभामा नगर उपप्रमुख हुमाकुमारी डिसीले चालु आर्थिक बर्ष २०८०/८१ मा न्यायीक समितिबाट भएका सम्पादित कार्य विवबरण पेश गर्नुभयो । उप प्रमुख एवं न्यायिक समितिका संयोजक डिसीले गत आर्थिक बर्षबाट सरी आएका ३३ वटा र यस आर्थिक बर्षका १२० गरि १५३ वटा विवाद समितिमा दर्ता भएका थिए ।

ति मध्य १०४ वटा विवाद मेलमिलाप मार्फत किनारा लागेको छ भने ४९ वटा विवाद प्रकृयामा रहेको छ । यसैविच १५ औँ अधिबेशनको तेस्रो बैठक यही जेठ ९ गते दिउँसो २ बजे बस्ने गरि स्थगित भएको छ । उक्त बैठकमा नगर उपप्रमुख हुमाकुमारी डिसीले आगामी आर्थिक बर्षका लागि बजेट पेश गर्नुहुने भएको छ ।

Facebook Comments