• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल शिक्षक संघ रुन्टीगढीद्वारा नयाँ शिक्षकहरुलाई स्वागत




कमल खड्का
होलेरी । नेपाल शिक्षक संघ रुन्टीगढी गाउँपालिका रोल्पाले नयाँ शिक्षकहरुलाई स्वागत,वनभोज तथा भेटघाट कार्यक्रम सम्मन्न गरेको छ । नेपाल शिक्षक संघ रुन्टीगढीको आयोजनामा शनिबार विदाको अवसर पारेर कार्यक्रम गरेको हो ।

कार्यक्रममा कसरी नेपाल शिक्षक संघ रुन्टीगढीलाई सक्रिय तथा बलियो बनाउने एंवम नेपाल शिक्षक संघको कार्य के के हुन भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विभिन्न कुरा बोले पनि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले विभिन्न काल खण्डमा भएका राणनीति परिवर्तनमा शिक्षक संघको अतुलनिय भूमिका रहेको हुँदा शिक्षक संघ आफ्नो आस्था र बिचारबाट बिचलित नभएर अघि बढ्नुपर्ने कुरा बताउनु भयो । बिचार राख्न संविधानले नै ग्यारेन्टी गरेको र बिचारबाटै थुप्रै परिर्वतन भएको हुदा आफ्नो बिचार राख्न डाराउनु पर्ने कुरा नभएको बताउनुभयो ।

कार्यक्रम नेपाल शिक्षक संघ रुन्टीगढी गाउँपालिका अध्यक्ष चेतलाल डिसीको अध्यक्षता भएको थियो भने कार्यक्रम सहजीकरण संघकी सचिव खिमा महराले गर्नुभएको हो ।

Facebook Comments