घोराही । महेन्द्र भण्डारी र सञ्जिता मगरको स्वर रहेको ‘ डढेलोले बन खयो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘शायुषा इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द भविराम घर्ती मगर कोर्नुभएको हो भने गीतमा लय महेन्द्र भण्डारी रहेको छ । मुकेश नेपालीको निर्देशनमा तयार गरिएको भिडियोमा माधव खत्री, सुरक्षा मगर र शाखिरा मगरको अभिनय रहेको छ ।
दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको मोडेल सुरक्षा मगरले बताउनुभयो । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’
करण चैसिरले छायाँकन गर्नुभएको भिडियोमा सम्पादन अमृत चापागाईले गर्नु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।