• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकामा बुधबार बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

प्रतियोगितामा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना बच्चाको नाप लिएको वा नलिएको,बच्चाको उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था,पूर्ण खाेप लगाएको वा नलगाएकाे लगायतको विषयमा मूल्याङ्कन गरि उत्कृष्ट बालबालिका छनाेट गरिएको हाे।

प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर ३ कि फुल कुमारी चाैधरीकाे छाेरी लक्ष्मी चाैधरी प्रथम,वडा नम्बर ५ कि उमादेवि थापाकी छाेरी दिपसना थापा द्वितीय र वडा नम्बर ६ की उमा चाैधरीकी छाेरा आयान चाैधरी तृतीय भएका छन्।

पालिकाले प्रथम,द्वितीय र तृतीय हुने बालबालिकाहरुलाई करसहित क्रमश तीन हजार, दुई हजार पाँच सय र दुई हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ।

पालिकाले स्वास्थ्य अधिकृत तथा पाेषण कार्यक्रमका संयाेजक धन बहादुर बुढा क्षेत्रीकाे संयाेजकत्वमा एक मूल्यांकन समिति गठन गरि ९ वटै वडामा रहेको स्वास्थ्य संस्थाबाट पाँच वर्ष मुनिका बालबालिकाहरुकाे नाप, उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था तथा पूर्ण खाेप लगाएको वा नलगाएकाे विवरण संकलन गरि उत्कृष्ट छनाेट गरेको हाे।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षता सम्पन्न उक्त प्रतियोगितामा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी,विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,शिक्षक,बालबालिका तथा अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

Facebook Comments