• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वन ब्यवस्थापनबारे सरोकारबालाबीच छलफल




हेमराज शर्मा

दाङ । डिभिजन वन कार्यालय घोराही दाङले आज बुधवार जिल्लामा थालिएको सम्बर्धन प्रणालीमा आधरित वन ब्यवस्थापनबारे सरोकारबालाबिच छलफल गरेको छ । कार्यक्रममा वन सम्वर्धन प्रणालीबारे जानकारी, यसको महत्व, डिभिजन वन कार्यालय घोराहीबाट सम्वर्धन प्रणालीमा आधारित वन ब्यवस्थापन कार्यको प्रगति, अवसर, समस्या र चुनौतीबारे जानकारी तथा सरोकारवालाहरुको सुझाव संकलन गरएको छ ।

डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा सामुदायिक वन कार्यालय उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधि, वनकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले आफ्नो कार्यालयको कार्य क्षेत्र रहेको बबई गाउँपालिकाका १५, शान्तिनगर गाउँपालिककाका ६ वटा र बंगलाचुली गाउँपालिककाको एउटा वन समूहमा कार्ययोजना बनाईएकोमा त्यस मध्ये १९ वटा वन समूहमा काम थालिएको जानकारी दिनुभयो । जसबाट यस बर्ष करिव १ लाख ५५ हजार क्वीफिट काठ र ४ सय चट्टा दाउरा संकलन हुने आकलन गरिएको बताउनुभयो । सम्वर्धन प्रणालीमा आधारित वन ब्यवस्थापन उपभोक्ता सहित सवै पक्षको सहयोगबाट अघी बढाइएको र यसबाट वन क्षेत्रको बिकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्य योजना बनाई बुढा उमेर पुगेका रुख काट्ने, काटिएको स्थानमा बिरुवा रोप्ने, रोपिएको वा पुर्नउत्पादन भएको बिरुवाको संरक्षण गर्ने र हर्काउने र दिगो रुपमा वन क्षेत्रको संरक्षण र विकास गर्ने गरी काम थालिएको सिनियर डिभिजनल वन अधिकृत श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले उपभोक्ताहरुको सहभागितामा थालिएको यो प्रणालीबाट वनको हैसियत सुध्रने र उपभोक्ताहरुको आर्थिक अवस्थामा सुधार आउने विश्वास ब्यक्त गर्नुभयो । बैज्ञानिक वन सञ्जालका फर्साराम भुसालले सवै पक्षको सम्वन्वयमा जिल्लामा वन पैदावारको आपूतिमा सहज ल्याउने गरी काम थाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वन सम्वर्धन प्रणालीको अवधारणा बारे डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले, यो प्रणालीका राष्ट्रिय र अन्र्तराष्ट्रिय अवधारणा र अभ्यास र अपनाई बिधि र तरिकाबा बारेमा मदन सापकोटाले, कार्यालयले थालेको सम्वर्धन प्रणालीबारे सिकाई अनुभवनका बारेमा प्रकाश ढकालले र यस नयाँ अवधारणा र समसामायिक सवालका बारेमा मोतिराम पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण सहयाक वन अधिकृत टेकन आचार्यले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुले जिल्लामा थालिएको सम्बर्धन प्रणालीमा आधरित वन ब्यवस्थापनबारे आ आफ्नो सुझाव र अनुभव बारे जानकारी गराएका थिए ।

Facebook Comments