• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिलो पटक स्मार्ट शिक्षा रुन्टीगढीको पशुपति प्राविमा शुरु




कमल खड्का
होलेरी । रुन्टीगढी गाउँपालिकाको एक सामुदायिक विद्यालयमा स्मार्ट शिक्षा लागु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा नं. ७ गैरामा रहेको श्री पशुपति प्राविमा उक्त शिक्षा शुरु गरिएको हो ।

रुन्टीगढी गाउँपालिकाका ५४ वटा विद्यालय मध्य सबै भन्दा पहिले उक्त विद्यालयमा स्मार्ट शिक्षा प्रारम्भ गरिएको छ । रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालयको सक्रियतामा स्मार्ट शिक्षा सञ्चालन गरिएको हो । मंगलबार विद्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रम गरि स्मार्ट शिक्षा उद्घाटन कार्यक्रम गरिको हो ।

उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले बढ्दो विज्ञान प्रविधिसँग शिक्षालाई जोडेर शिक्षाको गुणस्तर बृद्धि गर्ने उदेश्यले स्मार्ट शिक्षाको अवधारणा लिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सोही विद्यालयका प्रधानध्यापक महेन्द्र रोकाले स्मार्ट शिक्षा अलि बढी खर्चिलो भएपनि भाषागत सुधारमा टेवा पु¥याइ विद्यार्थीको ध्यानाकृष्ट गराई पठनपाठनमा सहज हुने बताउनुभयो । अहिले बालबालिकास र कक्षा १ मा स्मार्ट शिक्षा सञ्चालनमा ल्याइएको हो ।

Facebook Comments