घोराही । दाङको घोराही र तुलसीपुरका विद्यालयहरू दुईदिन बन्द हुने भएका छन् । केहीदिन यता दाङमा अत्याधिक गर्मी बढेपछि घोराही र तुलसीपुरका विद्यालयहरु दुईदिन बन्द हुने भएका हुन् ।
केही दिनदेखि निरन्तर रुपमा बढेको तापक्रमले बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो विद्यालयहरुबाट आएपछि जेठ ३१ र ३२ गते दुईदिन वर्षे विदालाई कट्टी गर्नेगरी गर्मी बिदा दिइएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।
शैक्षिक क्यालेन्डरमा जनाइएको २०८१ श्रावण महिनाको १७ र १८ गतेको वर्षे विदाबाट कट्टी हुने गरी घोराही उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा दुईदिन बिदा दिइएको उपमहानगरले जनाएको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि निरन्तर बढेको गर्मीलाई मध्यनजर गर्दै जेठ ३१ र ३२ गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।