• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटना परि घाइते र मृत्युलाई राहत संकलन अभियान सुरु




दाङ । गत २० गते बंगलाचुलीमा  मोटरसाइकल  दुर्घटना परि  मृत्यु  खेतुलाल नेपालीको परिवारलाई राहत  तथा घाइते चेत प्रसाद डाँगीलाई उपचारका लागि सहयोग अभियान सुरु भएको छ ।

उक्त अभियानको संचालन नेपाली कांग्रेस बंगलाचुली ४का वडा कार्यसमितिको उपसभापति बिक्रम कुमार डाँगीले गर्नु भएको छ उक्त सहयोग रकम १३ औं दिनको शुद्ध शान्ति दिन परिवारलाई हस्तान्तरण गरिने समेत बताउनु भयो ।

उक्त अभियानमा नेपाली कांग्रेस बंगलाचुली ४का वडा कार्यसमितिको उपसभापति एंव बिक्रम कुमार डाँगी, कांग्रेस बंगलाचुली ५ का वडा कार्यसमितिको सभापति केशव जिसि, समाजसेवी पारसश्वर डांगी र शारद वलीले संयुक्त रूपमा नगद रु १० हजार सहयोग गर्नु भएको छ ।

उक्त सहयोग अभियानमा सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, कृयाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अभियन्ता डाँगीले अनुरोध गर्नुभएको छ ।

सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।

Facebook Comments