• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती -४ मा पशुलाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा,बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ४ काे आर्थिक वर्ष २०८०/८१ काे करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिनुभयो ।

किसानहरूकाे भेडा बाख्रा लगायत अन्य पशु चाैपायाहरुलाई विभिन्न किसिमका आन्तरिक तथा बाह्य परजीवीबाट जोगाउन उक्त ट्याङ्की निकै उपयाेगी हुने अध्यक्ष चाैधरीकाे विश्वास छ।

“डिपिङ ट्याङ्कीकाे अभावमा पशुपालक किसानहरुलाई आफ्ना पशुहरु परजीवी बाट बचाउन समस्या थियो”, – वडा अध्यक्ष चाैधरीले भन्नुभयो-“ट्याङ्की निर्माण भए पछि किसानहरुलाई राहत मिलेको छ।याे कार्यक्रम किसानमुखी छ।”

त्यस्तै वडा सदस्य विष्णु पाेख्रेलले यस कार्यक्रमले भेडा,बाख्रालाई बाह्य परजीवी (जुका, किर्ना, उपियाँ, लुतो ) लाग्नबाट नियन्त्रण गरी निरोगी बनाउन मद्दत गर्नुका साथै किसानलाई अत्यधिक विषादी प्रयोग गर्नबाट जोगाएर थोरै समय र कम लागतमा धेरै पशुको उपचार गर्न सकिने बताउनुभयो ।

किसानहरुलाई पाएक पर्ने गरि वडाले नयाँगाउँ,मझनीगढ र गाेपीनाला गरि ३ ठाउँमा ट्याङ्की निमार्ण गरेको छ।

निश्चित मापदण्ड अपनाएर सिमेन्टबाट बनाइएको उक्त ट्याङ्कीमा कीटनाशक झोल र पानी राखेर मिश्रण गरि बाख्रा,भेडा,कुकुर लगायतका पशुहरुकाे आँखा, नाक, मुख सुरक्षित हुने गरी शरीर डुबाएर उपचार गरिने हुँदा किसानहरू यस तर्फ आकर्षित भएकाे पशु प्राविधिक कमल पुन मगरले बताउनुभयो।

बिहिवार मात्रै नयाँगाउँमा रहेको साे ट्याङ्की बाट ४ सय बढी बाख्रालाई निःशुल्क उपचार गरिएको छ भने शुक्रबार मझनीगढ र शनिबार गाेपीनाला बाट साे सेवा प्रदान गरिने वडा कार्यालयले बताएको छ।

आफूहरुले पालेका पशुहरुलाई परजीवी बाट बचाउन गाउँमै नि:शुल्क सेवा पाएपछि किसानहरू खुशी भएका छन् ।

Facebook Comments