• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृतकका परिवारलाई मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीको आर्थिक सहयोग




कृष्ण अधिकारी 
दाङ । तुलसीपुरमा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समितिले बुधबार राहत वितरण गरेको छ ।  यही जेठ १९ गते राति  आएको हावाहुरीले घर भत्किँदा च्यापिएर मृत्यु भएका तुलसीपुर  उपमहानगरपालिका -१२ का  भगवान खत्रीको परिवारलाई समितिले आर्थिक सहयोग गरेको हो ।  खत्री परिवारको आर्थिक अवस्था निकै कम्जोर रहेकाले समितिले आर्थिक सहयोग गरेको समितिका सदस्य नवीन ओलीले जानकारी दिए ।

समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा  एवं तुलसीपुर १२ वडा सदस्य शेषमणि भण्डारीको प्रमुख आतिथ्यमा   खत्रीको परिवारलाई राहत  स्वरूपको रकम २५ हजार २५५ प्रदान गरिएको गरिएको थियो ।

राहत कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले दु:खमा परेको परिवारहरूलाई समिति सानो सहयोग गरेर राम्रो काम गरेको बताए । उनले व्यवसायीहरू नाफा कमाउने मात्र नभइ समाजसेवा पनि गर्छन्, भन्ने कुरा यसले प्रष्ट पारेको समेत बताए । उनले खत्रीको परिवारको अवस्था निकै कमजोर रहेको हुँदा सहयोग गर्न जरुरी रहेको समेत बताए ।   कार्यक्रममा ज्ञान बहादुर बस्नेत,  थुमन विश्वकर्मा ( शीतल )  , रामबहादुर बस्नेत, प्रकाश बस्नेत, मीनराज ओली लगायत मोबाइल व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

समितिका  अध्यक्ष भण्डारीले  मृतक खत्रीका छोरा रोजगारीको सिलसिलामा भारत जाने गरेको भन्दै उनलाई यही रोजगारी दिनको लागि आफूहरूले पहल गर्ने समेत बताए । यस्तै उनले खत्रीकी छोरीको पढाइ खर्च समेत निःशुल्क बनाउनेमा पहल गर्ने बताए । कार्यक्रममा ज्ञान बहादुर बस्नेतले   मन्तव्य राखेका थिए, भने  कार्यक्रमको सहजीकरण समितिका सदस्य ओलीले गरेका थिए ।काजकिरिया गर्ने ठाउँ समेत नहुँदा खत्रीका परिवारहरु केशवराज झुमा कुमारी बृद्धाआश्रम तुलसीपुर-१२ रझेनामा बसेका छन् ।

Facebook Comments