• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास केन्द्रिय सदस्यमा जोशी मनोनीत




दाङ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा दाङका वसन्त जोशी केन्द्रिय सदस्यमा मनोनीत भएको छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्य दाङ बाट दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका वसन्त जोशीलाई  मनोनीत भएका हुन  ।

काँग्रेसको  केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा जोशीलाई मनोनीत गरेको शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ ।

सभापति देउवाले विभागको सदस्यमा जोशी सहित दश जनालाई मनोनयन गरेका छन् । जस्मा खगेन्द्र आचार्य (काठमाडौं), विस्वामित्र रिजाल (सर्लाही), अशोककुमार साह (सिराहा)लाई मनोनयन गरिएको छ ।

मुकेश गुप्ता (रौतहट), रवि सापकोटा (नवलपुर), रामकृष्ण ढुङ्गेल (रामेछाप), विपिन राई (संखुवासभा), उपेन्द्र जोशी (कैलाली) र लक्ष्मी कार्की (सुर्खेत) पनि सदस्यमा मनोनयन भएका छन् ।

Facebook Comments