तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ।
गाउँपालिकाकाे उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।
पालिकाले कृषिकहरुलाई व्यवसायिक कृषि र पशुपालन सम्बन्धी ज्ञान अभिवृद्वि गर्ने उदेश्यले तालिमको आयोजना गरेको हाे।
तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले पशु पालनका फाईदा,चुनाैती र नविन्तम प्रविधिका बारेमा र कृषि विकास शाखा प्रमुख वर्षाती गडरीया र प्रविधिक निर्मला गिरीले व्यवसायीक तथा बेमौसमी फलफूल तथा तरकारी खेतीकाे बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
उक्त तालिममा गत महिना तालिमको लागि प्रकाशित सुचना अनुसार फारम भरेका १३ जना कृषकहरुकाे सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।