• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेलप्रति युवाहरुको प्रतिभा खोज्दै भूमे गाउँपालिका




बालाराम शेर्पाली (समर्पण )

रुकुमपूर्व । अहिले गाउँवस्तीमा विभिन्न युवा क्लब वा समूहको पहलमा खेलकुद प्रतियोगिताहरु भइरहेको देखिन्छ । यस बर्ष भने भूमे गाउँपालिकाले खेलकुदप्रति युवा चासो बढ़ाएको देखेर खेलकुद प्रतियोगिता आयोजना गरेको छ । विशेष गरी युवाहरु खेलकुदमा आकर्षित बनाउनको लागि गाउँगाउँमा खेलकुदमा युवाहरुको खेलप्रति चासो बढ़ाउनको साथै गाउँ ठाउँको विकास, प्रचार र जनचेतना जगाउनका लागि खेल क्षेत्र महत्वपूर्ण पक्ष बनाउन खेलकुदको आयोजना गरिएको पालिकाले जनाएको हो ।

गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुलाई चिनाउने, खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरु मार्फत् आफ्नो गाउँ ठाउँलाई बाहिरी जिल्ला, प्रदेश र राष्ट्रय रुपमै पहिचान दिलाउनको लागि रुकुमपूर्वमा रहेको तिन वटै स्थानीय तहाका खेलाडी समावेश बनाएर गाउँपालिकाले चौथो भूमे कप जेठ २० गते गाउँपालिकाको केन्द्र खाबाङ बगरमा सन्चालन गरेर खेलप्रति युवाहरुको क्षमता खोज्ने प्रयास गरिएको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनु भएको छ।

यस्तै समाजसेवी तथा जुझारु युवा खेलकुद प्रर्ती आफुले थाहा पाए देखि नै र अहिले सबैको चासो खेल क्षेत्रमा देखिएको युवालाई सार्थकका साथ अगाडी बढाउनको लागि हरेक दिन युवाहरुसंग समाजमा घुलमिल भरहेको र कुनै खेलकुदमा सहभागि हुन जाने युवालाई ब्यबस्थापन गरेर अगाडी बढाउने गरेको जुझारु युवा चन्द्र रसाइली बताउनु हुन्छ।जुझारु युवा विगतको कुरा स्मरण गर्दै भन्नु हुन्छ कुनै समय बेरोजगार भएर रक्सी, जुवातास अन्य गलत क्रियाकलापमा हराउने युवाहरु विभिन्न क्लव र संघ संस्थामा आबद्ध भएएर खेलक्दतर्फ लाग्ने र समाजको लागि केही गर्ने अठोट लिएको देखिन्छ।यसले युवाहरुलाई सही बाटोमा हिड्न प्रेरित गर्ने भएकोले युवाहरुमा खेलप्रति देखिएको क्रेजलाई हामिले सम्बोधन गर्न हरेक बर्ष भूमे कप सन्चालन यहाँका युवाले खेल प्रर्ती भोली दिनहरुमा केही गर्न सक्ने शाहास नगुमने रसाईली युवाले बताउनु भएको छ।

गाउँपालिकाले महिला तथा पुरुष भलिबलको पुरस्कार रासी समान राखेको छ। यसरी महिला र पुरुष दुवै तर्फ निर्णय गर्दा यति वेला भूमेले उदाहरणीय काम गरेको भन्दै प्रसंसा समेत गरेका छन्।

उक्त सम्मान भलिबल प्रतिर्योगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने बिजेता टिमलाई क्रमश ७० हजार, ४५ हजार, ३० हजार र ५ हजार सहित कप मेडल र प्रमाण-पत्र पुरस्कार रहेको र खेल शुद्ध वडा स्तरीय भलिबल खेल एफआईभिभिको नियम अनुसार खेलाइने र जिल्लाको तिन स्थानीय तहका वडाहरु मात्रै समावेश हुन पाउने छन भने खेलमा सहभागी हुन अनिवार्य सम्बन्धित वडाको सिफारिस हुनुपर्ने लुम्बिनी प्रदेश स्तरीय भलिबलका रेफ्री चन्द्र रसाइलीले जानकारी दिनुभएको छ।

Facebook Comments