• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बेतबाँसका फर्निचर उत्पादन तालिम




श्रवण कुमार यादव
देउखुरी। अहिले बेतबाँसबाट बनेका मुढा, कुर्ची र सजावटका सामानहरू धेरै प्रयोग आएका छन् ।

पछिल्लो समय बेतबाँसकै सोफा, टेबललगायतका आधुनिक उत्पादनहरु बजारमा आएका छन् । सजावटका दृष्टिले बेतबाँसका उत्पादन आर्कषक छन् । लगानीमा पनि अन्य आयातित फर्निचरभन्दा सस्तो, बलियो र हलुका हुने भएकाले अहिले उपभोक्ताहरुको रोजाइमा पर्न थालेका छन् ।

पूर्वी नेपालमा चलनचल्तीमा रहेको बेतबाँसका फर्निचर सामग्रीहरू दाङतिर पनि उत्पादन हुन थालेको छ। यसतर्फ उपभोक्ता पनि आकर्षित हुन थालेका छन् ।

दाङ देउखुरीकाे लमही नगरपालिका वडा नम्बर-४ अन्तर्गत बड्का घुम्नामा २१ दिने बेतबाँसको फर्निचर उत्पादन तालिमको एक समारोहबीच उद्‍घाटन भएकोे छ।

सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंका केन्द्र प्रमुख उपसचिव शोभा सुवेदीको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख-प्रशासकीय अधिकृत प्रकाश देवकोटाको प्रमुख आतिथ्यता एंव डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीको बिशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा प्रमुख प्रशिक्षक इन्द्र सापकोटाले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने वडा सदस्य भोजराज चौधरी, उमाकान्त चौधरी डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ फरिष्टर चिरञ्जीवी खनाल, सव-डिभिजन वन कार्यालयका अधिकृत बिश्वजंग वि.क., सामुदायिक अध्ययन केन्द्रका अधिकृत खुसराज गोले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्वदेशमा अवसर खोज्नेभन्दा पनि विदेश जाने मोहमा रहेका युवाहरुलाई यस व्यवसायमा आकर्षित गराई आत्मनिर्भर बनाउने मुल उद्देश्यका साथ करिब ७ लाख लागतमा संचालन भएकोे तालिममा महिला र पुरूष गरी जम्मा-२० जनाको सहभागिता रहेको छ। जेठ १५ गतेदेखि सुरु भएकोे तालिम असार ३ गते सम्म सञ्चालनमा हुने कार्यक्रम संयोजक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हल्लु प्रसाद चौधरीले बताउनुभयो।

कार्यक्रम संयोजक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हल्लु प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण भने मुकेश चौधरीले गर्नुभएकाे थियाे।

Facebook Comments