दाङ । दाङकाे घाेराही नगर प्याब्सनकाे आयाेजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएकाे छ । मंगलबार एक कार्यक्रमकाे आयोजना गरी घाेराही नगर प्याब्सनकाे आयाेजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएकाे हाे ।
कक्षा ४ देखि ५ सम्मका विद्यार्थीका बिचमा चित्रकला प्रतियाेगिता सम्पन्न भएकाे हाे । चित्रकला प्रतियोगितामा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका देविका पुन मगर प्रथम, सिद्धार्थ एकेडेमीका प्रिन्स केसी द्वितीय , राप्ती आवासीय माविका जेनिसा बुढा तृतीय र जनज्याेति विद्याश्रमका आभाष बस्नेत सान्त्वना भएका छन् ।
त्यस्तै कक्षा १ देखि ३ सम्मका विद्यार्थीबिच अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएकाे हाे ।
हिज्जे प्रतियोगितामा हिमचुली स्कुलका सम्राट बुढाथोकी, आभाष काफ्ले र आयुना रावलकाे समूह प्रथम, सभ्यता पाठशालाका उज्वल चाैधरी, दिवान्सी भण्डारी र अनुज्ञा धितालकाे समूह द्वितीय , सामर्थ पाण्डे, प्रत्युश गाेतामे र प्राप्ती गाैतमकाे समूह तृतीय तथा इशान न्याैपाने, आराध्या कुमारी गुप्ता र प्रज्वल डाँगीकाे समूह सान्त्वना भएका छन् ।
चित्रकला प्रतियोगितामा ४१ र हिज्जे प्रतियोगितामा ४८ वटा विद्यालय सहभागी भएका थिए ।
प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द चन्दकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।