• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई राजनीतिक हस्तक्षेप नगरी पूर्ण कार्यान्वयनमा लैजान जोड




दाङ । सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन २०७९’ को राजनीतिक हस्तक्षेप नगरेर कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला सबैले बताएका छन् ।

नेपाल चिकित्सक संघ काठमाण्डौंको आयोजनामा मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ऐनको प्रचार–प्रसार कार्यक्रममा वोल्ने सरोकारवालाले कानुन आउनु अहिलेसम्मकै स्वास्थ्यकर्मीहरुको ठुलो पूँजी र उपलब्धी भएको भन्दै यसको सही कार्यान्वयन गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले ऐन आउनु सुखद पक्ष भएको भन्दै स्वास्थ्यकर्मिहरुले पनि विरामि मैत्री वातावरण बनाउन लाग्नुपर्ने बताउनुभयो ।

‘चिकित्सकहरुले कम्तिमा पनि २ मिनेट भएपनि विरामिको पक्षलाई काउन्सिलिङ गर्न जरुरी छ, त्यसले आत्मीयता बढ्छ, हामि सकभर विरामिसंग वोल्नै नपरोस भन्ने चाहन्छौ–उहाँले भन्नुभयो–‘विरामिले चिकित्सकसंग छोटो समय विताउछ, तर, नर्स, स्वास्थ्यकर्मिहरुसंग धेरै समय विताउने भएकाले राम्रो वातावरण बनाउने कुरामा दुवै पक्षले ध्यान दिन जरुरी छ ।’ ऐनले चिकित्सकको मनोवल उच्च राख्न र कामप्रति अझ जिम्मेवारी र जवाफदेहीता बनाउन सहयोगि भुमिका खेल्ने उहाँको भनाई छ । यसैगरेर कार्यक्रममा वोल्दै घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पर्ने गरी घटाईएका अस्वाभाविक घटनाहरुका कारण स्वास्थ्यकर्मिको मनोवल खस्कदै जाने भन्दै स्वास्थ्यकर्मिहरुले आफ्ना कमिकमजोरी सच्याउदै लगे कानुन कार्यान्वयन गर्ने वातावरण वन्दै जाने बताउनु भयो ।

अस्पतालहरुमा घटना घटेपछि आर्थिक लाभका लागि केही पेशेवर समुह पिडितको नाममा आउने भन्दै त्यस्ता समुहलाई सबै मिलेर पुर्णरुपमा निरुत्साहीत गनुपर्र्ने उहाँले बताउनु भयो । उहाँले पिडितलाई पैसा दिएर मिलाउन खोज्दा घटना स्विकारेको जस्तो देखीन जाने भन्दै कुनै पनी स्वास्थ्यकर्मिहरुको लापरवाही नभएको अवस्थामा कानुनको सहारा लिनुपर्ने विचार ब्यक्त गर्नु भयो ।

त्यस्तै तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले कुनै पनि चिकित्सकले उपचारकोक्रममा लापरवाही गरे पिडित पक्षले स्वास्थ्यकर्मि र स्वास्थ्यसंस्थामाथि आक्रमणमा नउत्रि कानुन अनुसार मुद्धा हाल्नुपर्ने बताउदै गल्ती कमजोरी गरे चिकित्सकपनि जेल जाने बताउनु भयो । यसैगरेर नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठले दाङमै भएका केही स्वास्थ्य संस्थामाथिका घटनाहरु निजि मेडिकल ब्यवसायि उक्साहटमा र चिकित्सकको अनावश्यक आन्तरीक प्रतिष्पर्धाका कारण हसनृ गरेको घटना सुनाउदै पेशागत मर्यादामा रहेर काम गरेर कसैले पनि केही गर्न नसक्ने र अस्पतालमा घटना घटे लगत्तै पुग्ने केही आर्थिक पेशेवर समुहलाई निरुत्साहीत गर्नुपर्ने पनि तर्क गर्नुभयो ।

नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डा.माधव गोहीतको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य वालरोग विशेषज्ञ डा. किशोर खत्रिले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लुम्वीनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थिले ऐनको पुर्णरुपमा कार्यान्वयन गर्न सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नागरीक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी ऐन आएको भन्दै चिकित्सकहरुको पनि आफ्नो पेशागत मर्यादामा बस्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन महासचिव डा. सन्जिव तिवारीले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, डीन डा. सागर पन्थि, कामु निर्देशक डा. रमेश कडेल लगायत प्रतिष्ठानका विभिन्न विभागका चिकित्सक, नर्ससहीत निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको उपस्थित रहेको थियो ।

Facebook Comments